काठमाडौं, १८ फागुन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् मनमोहना कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अबको नेपाल स्वच्छ हुन्छ किनभने लिडरसिपलाई केही लिनु छैन । मातहतमा नजरमा गिर्नुछैन ।’प्रधानमन्त्री ओलीले फेरी भने, ‘अघि मैले बोलेको कुरामा अलिकति पनि फरक पर्यो भने सार्वजनिक रुपमा औला ठड्याएर च्यालेन्ज गर्नुस् ।’मातहतको व्यक्तिको नजर नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको प्रधानमन्त्रीले भने उनले भने ‘म प्रधानमन्त्री छु, एक्लै घरमा बसेर भ्रष्ट हुन सकिदैन । कसैलाई लगाउनुपर्छ, ठेकेदार, कारोबारी कोही नमिलाई अथवा त्यसलाई मिलाउन मातहतको कसैलाई लगाउनुपर्छ । ‘मातहतको मान्छेले चिन्छ, बाहिरबाहिर ठूलो कुरा गर्दोरहेछ, भित्र भ्रष्ट रहेछ । मातहतको मान्छेको नजरमा गिरेपछि म भ्रष्ट हुन्छु ।’काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको २३ आना जग्गा भित्र मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न लागिएको हो । सो भवन १९ महिनाभित्र सम्पन्न गरिसक्ने भवन तथा सहरीका विकास विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया