नेपाल भित्रिने भयो ‘रेमडिसिभिर’

कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ ।

विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई इन्जेक्सन ल्याउन शुक्रबार स्वीकृति दिएको जनाएको छ । थप कम्पनीलाई स्वीकृत दिने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?