भन्सार विभागले अनलाइन सेवामात्रै दिने

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भन्सार विभागले आफ्ना सेवाहरू अनलाइनमार्फत् मात्र दिने भएको छ ।
विभागबाट हुँदै आएको अत्यावश्यकीय बाहेकका सबै सेवा कोभिड–१९ का कारण हाललाई बन्द गरिएको निर्देशक केशरबहादुर पण्डितले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत् कूटनीति तथा महसुल छुटसम्बन्धी सेवा, मूल्यांकन, पुनरावलोकन र नयाँ जारी गरिने निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) सम्बन्धी काम गर्न सकिने छ ।कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?