संक्रमितको सम्पर्कमा आएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गरौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुले संक्रमित व्यक्तिको सम्पर्कमा आएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै आग्रह गरेका हुन् ।

पाँच दिनसम्म घरमै आइसोलेशनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

साथै, कोरोना संक्रमित बढेपछि अस्पतालहरूमा बेडको नै अभाव हुन थालेपछि स्वास्थ्य मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई पनि छुट्टै कोरोना उपचार कक्ष संचालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका निजी मेडिकल कलेजहरूलाई स्वीकृत बेड (शैया) को कम्तीमा एक तिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टयाउन भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?