नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ पछिल्लो समग्र विवरण

काठमाडौं ।  नेपालमा आज (शनिवार) थप ४६८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशका ३९ वटा प्रयोगशालाबाट ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । त्यस्तै हाल देशभर ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन ।

नेपालमा हिजो (शुक्रवार) ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुन जिल्लाका कति थपिए संक्रमित ?

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका ८ जना

भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ११ जना, बर्दियाका १२ जना

बीध ल्याब, ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका १ जना

वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, धनुषाका १ जना, काठमाडौंका ३ जना, काभ्रेका २ जना

बि एण्ड बि अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना, रामेछापका १ जना

विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा धनुषाका १ जना, मोरङका २ जना, सप्तरीका २ जना, सिरहाका ४ जना, सुनसरीका १६ जना, तेह्रथुमका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरामा गरिएको परीक्षणमा बझाङका १ जना, डडेल्धुराका १ जना

धुलिखेल अस्पताल मा गरिएको परीक्षणमा चितवनका १ जना, दोलखाका ५ जना, काभ्रेका ७ जना, रामेछापका १ जना

कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका २५ जना, सिरहाका १ जना, उदयपुरका १ जना

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको परीक्षणमा कपिलबस्तुका १ जना, नवलपरासी पूर्वका १ जना

नारायणी अस्पताल, बीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका २१ जना

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ८ जना, काठमाडौंका ४ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका २४  जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २४ जना, खोटाङ ६ जना, पर्साका ३ जना, रसुवाका १ जना, सर्लाहीका ४०

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जना

सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १ जना, सुर्खेतका ४ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परीक्षणमा मोरङका ३८ जना, सुनसरीका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १ जना, कपिलबस्तुका ३१ जना, रुपन्देहीका २ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २५ जना, महोत्तरीका ९ जना, सर्लाहीका ३ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा बागलुङका २ जना, गोर्खाका १ जना

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा दाङका १० जना

श्री बिरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका २ जना, काठमाडौंका ३ जना, रामेछापका १ जना

सुरिया हेअल्थ केयर प्राली, लाजिम्पाटमा गरिएको परीक्षणमा काठमाडौंका २ जना

स्टार अस्पताल प्रयोगशाला , सानेपामा गरिएको परीक्षणमा दाङका १ जना, काठमाडौंका १० जना, ललितपुरका ७ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा गरिएको परीक्षणमा बाराका १ जना, मकवानपुरका २१ जना, रौतहटका ४ जना, सर्लाहीका ११ जना, उदयपुरका १ जना

स्वास्थ्य कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका २ जना, सुर्खेतका १ जना

 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु, धनुषा, कपिलवस्तु र पर्साका १/१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।

हालसम्म मृत्यु हुनेमा ८० जना पुरुष र २२ जना महिला रहेको पनि डा. गौतमले बताए ।

मृत्यु हुनेमा कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका वडा नं ७ निवासी ४० वर्षीय १ पुरुष रहेका छन् । उनको आज नै लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा निधन भएको हो ।

त्यस्तै पर्सा जिल्ला विरगञ्ज महानगरपालिका वडा नं १२ निवासी ६० वर्षीय एक पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । उनको हिजो साँझ ७ बजे नारायणी कोरोना अस्थायी अस्पतालमा निधन भएको हो ।

त्यस्तै धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका वडा नं ४ निवासी ५० वर्षीय १ पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ । उनको साउन २९ गते निधन भएको हो ।

 

शनिवार काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौंमा उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका १ जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना र भक्तपुरका १ जना, वीर अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना र भक्तपुरका ८ जना, नेपाल पुलिस अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २४ जना, वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, सुरिया ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा गरि काठमाडौं उपत्यकामा एकैपटक ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कुन प्रदेशमा कति जनाले जिते कोरोना संक्रमण ? (विवरणसहित)

नेपालमा थप १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार २ सय १ रहेको छ ।

कुल संक्रमित मध्ये ६६.१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पताल बाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ११०८जना

प्रदेश २ मा ३५४५ जना

वाग्मती प्रदेश ६४१ जना

गण्डकी प्रदेशमा १५२५ जना

प्रदेश ५ मा ४२८६ जना

कर्णाली प्रदेशमा १९३३ जना

सुदूरपश्चिम प्रदेशमा ४१६३ जना

 

हाल कति छन् क्वारेन्टाइनमा ? यस्तो छ प्रादेशीक विवरण (सूचिसहित)

हाल नेपालमा १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या बढिरहेको छ ।

प्रदेश नम्बर १ मा २ हजार ७ सय १३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९ सय ८३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७ सय ६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ५५ जना क्वारेन्टिनमा रहेका छन ।

 

नेपालका यी ५ जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित

नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

काठमाडौंसहित यी ५ जिल्लामा छन् ५०० जना भन्दा धेरै उपचाररत कोरोना संक्रमित

  • रौतहट
  • मोरङ
  • पर्सा
  • महोत्तरी
  • काठमाडौं

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?