काठमाडौं । नेपालमा थप १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार २ सय १ रहेको छ ।
कुल संक्रमित मध्ये ६६.१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पताल बाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ११०८जना
प्रदेश २ मा ३५४५ जना
वाग्मती प्रदेश ६४१ जना
गण्डकी प्रदेशमा १५२५ जना
प्रदेश ५ मा ४२८६ जना
कर्णाली प्रदेशमा १९३३ जना
सुदूरपश्चिम प्रदेशमा ४१६३ जना
नेपालमा आज (शनिवार) थप ४५८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया