कपिलवस्तुमा कोरोनाको कारण एकको मृत्यु

कपिलवस्तु । कपिवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत साउन २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो । उनमा यसअघि नै कोरोना पुष्टि भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?