पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्युु

पर्सा । पर्साको नारायणी अस्पताल अस्थायी विशेष कोरोना अस्पताल गण्डकमा थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विशेष कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुकी मृत्यु भएको हो ।

नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंहका अनुसार मृतक वृद्धको पीसीआर रिपोर्ट साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो तर ज्वरो र कमजोरी आएपछि उनी नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए । पर्सामा कोरोना बाट १९ को मृत्यु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?