काठमाडौैं । काठमाडौंको तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेसँगै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
नरपालिकामा कोरोना संक्रमित भेटिएसँगै कोरोना जोखिम न्यूनिकरणको लागि खाद्यन्न सामाग्री, तरकारी, ग्याँस पसल, दुग्धजन्य पसलहरु, पोलि क्लिनीक तथा औषधि पसलहरु बाहेक अन्य पसलहरु नखोल्न नगरपालिकाले निर्देशन दिएको हो ।
अत्यावश्यक कामबाहेक घर बाहिर हिँडडुल नगर्न समेत मेयर रामेश्वर बोहराद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया