बन्द हुँदै सीडीएमए मोबाइल सेवा

दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ ।

दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले प्रयोगकर्ता आकर्षित गर्न नसकेको ठहर गर्दै टेलिकमले यो सेवा बन्द गर्ने निर्णय गरेको हो । गत आवमै टेलिकमले सीडीएमएमा थप लगानी नगर्ने निर्णय सार्वजनिक गरिसकेको थियो । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?