५०० जना भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका यी ४ जिल्ला

काठमाडौं । नेपालमा आज (बुधवार) थप ४८४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ४ जिल्ला

  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?