माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं । डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका-२ रसी डाडागाँउ बस्ने २० वर्षीय दिपक बुढाको माटोको
ढिस्कोले पुरिएर सोमबार मृत्यु भएको हो ।

सोही ठाउँस्थित घरको छतमा राख्ने माटो खन्ने क्रममा दिपक ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा उनी मृत फेला परेका हुन् ।

ढिस्कोले पुरिएका सोही ठाउँ बस्ने ३९ वर्षीय कर्ण बहादुर बोहोरालाई उद्धार गरी उपचारको लागि स्थानीय मेडिकल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?