थप १ सय ७१ जना कोरोना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना उपचार पछि निको भएर फर्किएका छन् ।

यससँगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेको संख्या १६ हजार ६ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बितेको २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६० जना महिला र १ सय २३ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?