काठमाडौं । नेपालमा आज (सोमवार) थप ३३८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरू भएका यी ४ जिल्लाहरू
- पर्सा
- रौतहट
- महोत्तरी
- काठमाडौं
नेपालमा बितेको २४ घण्टामा थप १ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया