क्रियाशील सदस्यहरुको संख्या नतोकिदासम्म महाधिवेशन सम्बन्धी आचारसंहिता लाग्दैन : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले क्रियाशील सदस्यहरुको संख्या नतोकिदासम्म महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले आचारसंहिताको कुरा उठाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले आचारसंहिता लागू हुने तर सभापति देउवाले विभागको नेतृत्व गठन गरेर आचारसंहिता विपरित काम गरेको आरोप लगाएको छ । सोही विषयमा कुराकानी गर्दै सह–महामन्त्री महतले वडाहरुले सदस्यहरुको नामावली बुझापछि सभापतिले सार्वजनिक नगर्दासम्म आचारसंहिता नलाग्ने बताएका हुन् । उनले नामावली सार्वजनिक भएपछि मात्रै अचारसंहिता लाग्ने प्रष्ट पारे । उनले भने, ‘अहिले त समायोजन नै सकिएको छैन जुन निर्वाचन समितिले जिम्मेवारी दिएको थियो अझै सकिएको छैन । सक्रिय सदस्यता टुंगो लागेकै छैन । वडाले दिएर केन्द्रीय छानविन समितिले छानविन गरेर टुंगो लगाएर पार्टी सभापतिले सही गरेर सार्वजनिक गरेपछि बल्ल मतदाता नामावली सार्वजनिक हुन्छ । राष्ट्रिय निर्वाचनमा मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ ? लाग्दैन । त्यसकारण यो आचारसंहिताको कुरा हुँदै होइन र कहिले पनि पार्टीमा त्यो किसिमले आचारसंहिताको कुरा उठेको थिएन् ।’

नेता महतले पार्टी सभापति देउवा कुनैपनि किसिमले निरंकुश नभएको समेत प्रष्ट पारे । विधानमा भएको व्यवस्था अनुरुप नै सभापतिले विभाग गठन गरेको बताए । कसैलाई नसोधि, केन्द्रीय समतिमिा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भएपनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको बताए । सबैको समझदारी नभइकन गठन नगर्ने बताउने नेतालाई निरंकुश मान्न नसक्ने उनले बताए । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा निरंकुश भयो भन्ने कुरा कसैले पार्टीभित्र पनि बाहिर पनि पत्याउँदैनन् । किनभने विधानमा स्पस्ट व्यवस्था छ पार्टी सभापतिले विभाग बनाउने । त्यसमा कसैलाई सोध्नुु पर्दैन, केन्द्रीय समितिमा पनि ल्याउनु पर्दैन । उहाँले सबै नेताहरुको समझदारी सबैले नाउँ नदिइकन म बनाउँदिन सबैलाई चित्त बुझाउँछु भनेर गर्नुभएन भनेदेखि उहाँ निरंकुश हुनुभयो भन्ने कुरामा कुनै आधारमा छैन बरु उहाँलाई के भन्न सक्छौं भनेदेखि पार्टी सभापतिले सबै सहमति विधानले कतिपय कुरा पार्टी सभापतिलाई गर्न दिएको छ कतिपय केन्द्रीय समितिबाट पारित गर्नुपर्छ । कतिपय महासमिति महाधिवेसनमै जानुपर्छ त्यसकारण पार्टी सभापतिले आफुले पाएको अधिकार पनि प्रयोग नगरेर सहमति खोज्ने नाउँमा समयमै निर्णय नगरेर यी विभागहरु समयमै बनेको भए जुन पार्टीको आन्तरिक गतिविधिले गति लिन्थ्यो त्यो गर्नुभएन त्यसमा बरु उहाँलाई दोष दिन सक्छौं तर उहाँ निरंकुश हुनुभयो भन्ने चाहिं दोष दिन सक्दैनौं ।’

उनले विभाग गठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नभएकाले यसलाई अधिवेसन लागेको भनेर बुझ्नुपर्ने तर्क गरे । सबै पक्षको सहभागिता हुनेगरी नाम दिएमा चुनावको लागि प्रभाव पर्ने केहीपनि कुरा नहुने उनले बताए । पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोहीपनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत गर्न नुहने बताए । ‘उहाँहरु सबैले नाउँ दिदाँखेरी चुनाव प्रभाव पर्ने कुरा भएन सबैको मान्छेहरु भएपछि के चुनावको लागि प्रभाव पर्ने केहीपनि कुरा छैन् । मलाई लाग्छ यो विषयलाई बहसको विषय बनाउनुपर्ने आवश्यक थिएन । पार्टीमा सबैकुरा पारदर्शी ढंगले नगरी कसैलाईपनि शुख छैन् । नचिनेको कार्यकर्ता र नचिनेको नेता पार्टीभित्र छैन् । त्यसो हुनाले हामीले एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत गरेर पार्टी पङ्तिका नेता कार्यकर्ताले पत्याउने वाला पनि छैनन् ।’

बैठकमा केही विषय नउठाउने तर बाहिर चर्को भाषण गर्दै हिंडने प्रवृति पार्टीका केही नेताहरुमा देखिएको महतले बताए । त्यसैले यो विषयलाई ठूलो विषय बनाउने भन्दा पनि सबै एकीकृत भई राष्ट्रिय विषयहरुमा एकमत भए सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा एकजुट भएर नेतृत्व चयन गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताए । उनले भने ‘कतिले केन्द्रीय समितिमा मत नै नराख्ने बाहिरचाँहि विषयवस्तुहरु उठाउने पनि हामी देखिराखेका छौं । जाहाँ नीति निर्माणको ठाउँ छ त्यहाँ उच्चारण गरेको देखिन्न । यी तमाम कुराहरु छन त्यसकारण मलाई लाग्छ यसलाई ठुलो बहसको विषय बनाउनु भन्दा हामी सब एकीकृत भएर राष्ट्रिय विषयहरुमा पनि एकमत भएर सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा पनि एकजुट भएर फेरी एउटा प्रक्रियाबाट अधिवेसनबाट नेतृत्व चयन गर्ने हाम्रो प्रक्रिया छ त्यसलाई सफल बनाउने तिर हामी सबै केन्द्रीत हुनुपर्छ ।’

उनले कोभिड १९ ससंक्रमणको उच्च जोखिमको अवस्थामा पनि निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर फागुनमा महाधिवेसन गर्ने समय निर्धारण गरिएको बताए । कोभिडका कारण अधिवेसन गर्न चुनौति रहेको र संक्रमणको अवस्था हेरेर अधिवेसन हुने नहुने निश्चित गरिने बताए । अधिवेसन नगर्नका लागि कुनै बाहनाबाजि गर्नु उचित नहुने पनि उनले बताए ।

फरक प्रसंगमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसले ठहर गरेको बताउनुभो । सरकारले लकडाउन गर्ने कुरालाई नै उपलब्धीको रुपमा लिएकाले अहिलेको स्थिति आएको महतले बताए । उनले भने, ‘सरकारले लकडाउन गर्ने भन्दियो त्यसलाई नै उपलब्धि ठान्यो । लकडाउनको अवधिलाई तयारीको अवधिमा लिनुपर्ने समयको रुपमा प्रयोग गर्नुपर्ने सरकारले त्यो गरेन । त्यो गरेको भए अहिलेको यो स्थिति संक्रमण विस्तारित हुने स्थिति आउँदैन थियो ।’

विदेशबाट सीमा मार्फत आउने नेपालीको व्यवस्थापन गर्न नसक्दा समुदायमा संक्रमण फैलने स्थिति आएको बताए । उनले भने, ‘सीमाबाट सुरुमै व्यवस्थापन गरेको भएदेखि यसलाई नियन्त्रणमा राख्न र नेपाल छुट्टै किसिमबाट प्रस्तुत हुने अवस्था हुन्थ्यो । त्यहाँ सरकार चुक्यो । क्वारेन्टाइन केन्द्रहरु पुरै स्थानीय निकायहरुले जे सम्भव उनीहरुले गर्न सक्यो त्यो भन्दा केन्द्र सरकारले कुनै जिम्मेवारी बहन गरेन ।’

सरकारले लकडाउनको समयलाई शक्ति संघर्ष, आन्तरिक सत्ता संघर्षमा खर्च गरेकाले पनि अहिलेको अवस्था आएको महतले बताए । सरकारको ध्यान कोरोना नियन्त्रणमा भन्दापनि भ्रष्टाचारको अवसरका रुपमा रहेकाले समस्या आएको बताए । लकडाउन खोल्ने र खोलेपछि बढ्छ भन्ने कुरामा सरकारले ध्यान नदिदा पछिल्लो समयमा समुदाय स्तरमा संक्रमणको अवस्था देखिएको बताए । सरकार संक्रमण बढ्यो भन्ने भन्दापनि राजस्व घट्यो भन्नेमा बढी चिन्तित देखिएको उनले बताए । उनले भने, ‘लकडाउन खोल्ने भन्नुभयो त्यसमा पनि उहाँहरुको खोलेपछि बढ्छ बढिनै रहेको थियो । अब बढ्छ भन्ने प्रति उहाँहरुको गम्भिर तयारी देखिएन् । खालि आर्थिक प्रभाव प¥यो राजश्व घट्यो, राजश्व नै लकडाउन खोल्नुको मुल मनसाय देखियो । राजश्व घट्यो त्यसकारण खोलिदिने भन्ने हुँदा त्यसपछि के अवस्था आउन सक्छ त्यसलाई कसरी रोक्ने भन्ने तर्फ उहाँहरुको ध्यान गएन ।’

सकरारले संक्रमण समुदायमा फैलन नदिनका लागि कन्ट्याक्ट ट्रेसिङ गर्ने र परीक्षण बढाउने काममा ध्यान नदिएको बताए । त्यस्तै अस्पतालको प्रवन्ध बढाउने, आइसोलेसनको संख्या थप्ने, जनशक्तिको व्यवस्थापन गर्ने विषयमा ध्यान नदिएकाले जटिलता बढेको बताए । उनले भने, ‘ट्रेसिङ र सर्भिलेन्सको आधारमा परीक्षण भइराखेको छैन् । संख्यापनि अत्यन्त सिमित छ । व्यापक रुपमा गर्नुप¥यो र त्यसको आधारमा कुन ठाउँमा बढी प्रभाव देखिएको छ त्यसलाई आइसोलेट गर्नुप¥यो यी कुराहरुमा सरकार चुकिराखेको छ । हामी चाहन्छौं सरकार सुध्रिओस तर सरकार सुध्रिने अवस्था मैले देखेको छैन् । सुध्रिने छाँटकाँट छैन उहाँहरुको आफ्नै दुनियामा रमाइरहनु भएको छ ।’

उनले राज्यको संयन्त्र आफुहरुसँग नभएपनि भाइरस संक्रणको जोखिमका विषयमा कांग्रेसले जनचेतना फैलाउने काम गरिराखेको बताए । उनले सरकारबाट कुनै आशा नरहेकाले आफ्नो सुरक्षा आफै गनै समेत आम नागरिकलाई आग्रह गरे । उनले भने, ‘राज्यको संयन्त्र त हामीसँग छैन, साधन स्रोत पनि छैन तर हाम्रो तर्फबाट हामीले यो कुराहरु भनेकोभन्यै छौं । जनतालाई पनि सुसोचित गरिराखेका छौं । हाम्रो पार्टीको संयन्त्र मार्फत र सञ्चार माध्यम मार्फत । आफैले आफुलाई बचाउनुप¥यो । सरकारबाट अब धेरै आशा गर्ने अवस्था छैन् । त्यसकारण मास्क लागाउन अनिवार्य रुपमा हेलचेक्रयाई गर्नुभएन् । भौतिक दुरीलाई अनिवार्य रुपमा कायम गर्नुप¥यो । त्यस्तै सेनिटाइज गर्ने कुराहरुलाई पनि अनिवार्य रुपमा ध्यान दियौं भने संक्रमणबाट हामी बच्न सक्ने सम्भावनाहरु छ ।’

कोभिड रोकथामका लागि सर्वदलीय संयन्त्र निर्माण गर्ने विषयमा सरकारले नै चासो नदिएको उनले बताए । संयन्त्र निर्माण भएपछि पनि सरकारी संयन्त्र मार्फत नै काम गर्नुपर्ने भएकाले सरकारले आवस्यक नठानेकाले गठन नभएको र अव गठन गर्ने विषय ढिलो भइसकेको बताए । सबै काम विग्रिएपछि सर्वदलीय संयन्त्र गठन गर्ने कुरा उपयुक्त नभएको पनि महतले बताए । उनले भने ‘सरकारले सही कुरा गरिराखेको छ भने त्यसलाई पनि हामी सहयोग गर्छौं । चुकेको ठाउँमा मात्रै हामी खबरदारी गर्छौं त्यही बाटो हामीले पक्रयौं तर उहाँहरुले केहीपनि गर्नुभएन । तर अहिले आएर हामीपनि समावेस गर संयन्त्र बनाउन भनेर मात्रै पनि केही अर्थ हुँदैन जस्तो लग्छ । त्यसमा के छ भने उहाँहरुले जिम्मेवारी पुरागर्ने कुनै गुन्जायस छैन् । हामीले आफ्नो ठाउँमा गर्नेकुरा गरिनै हालेका छौं । अब सर्वदलीय संयन्त्रमा बसेर मात्रै हाम्रो काम प्रभावकारी हुने देखिएन् ।’

उनले कांग्रेस भित्रको आन्तरिक समस्याले कोरोना रोकथाम तथा नियन्त्रणमा कुनै असर नपरेको बताए । पार्टी सञ्चालन गरिरहेको रुलिङ पार्टी भित्रको आन्तरिक किचलोको कारण कोरोना रोकथामका लागि प्रयाप्त काम हुन नसकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नै सत्ता जोगाउन ध्यान दिएकाले यस तर्फ काम गर्न नसकेको बताए । उनले भने, ‘यो विषयमा हाम्रो दृष्टिकोण सार्वजनिक गर्न र सरकारलाई ध्यान आकर्षण गर्नको लागि हामी भित्रको आन्तरिक कुराहरुले कहिंपनि बाधा अफ्ठयारो पारेको छैन् । त्यसकारण यो समस्या केहीपनि होइन । जहाँसम्म उहाँहरुको कुरा छ उहाँहरु त मैले अघिनै भनिहाले उहाँहरुले सम्पूर्ण समयलाई उहाँहरुबिचको द्धन्द्धले अवस्य पनि प्रभाव पारेको हुनुपर्छ । किनकी ओलिजीको सम्पूर्ण ध्यान के मा छ भने जसरी पनि मैले सत्ता बचाउनुपर्छ । ओलिजीका विरोधी जो रुलिङ पार्टीका नेताहरु हुनुहुन्छ उहाँहरुको सम्पूर्ण ध्यान चाहिं ओलिजीले मात्रै सँधै सत्ता स्वादन गरिराख्ने अब हामीले पाउनुपर्छ भन्ने देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?