काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गौरीगंज गाउँपालिका-३ बस्ने ३३ वर्षीय अरुण राजबंशीलाई ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राजबंशीले तीमहिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया