काठमाडौं, १६ फागुन । संघीय संसदको पहिलो बैठकका एजेन्डाबारे छलफलका लागि संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको छ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । सचिवालयले राष्ट्रिय मान्यताप्राप्त दलबाट एक एक जना प्रतिनिधिलाई बोलाइएको छ बैठकमा संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) पहिलो बैठकका एजेण्डा र तयारीबारे दलहरुसँग छलफल गरिने सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले बताए संघीय संसदको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बोलाइएको छ । पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आहृवान सम्बन्धि पत्र पढेर सुनाउने, सहिदको सम्मानमा एक मिनेट मौनधारण गर्ने, अन्तरिम कार्यविधि पारित गर्नेलगायत कार्यसूची रहेको छ संसदको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिले धाराणा राख्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया