कुन प्रदेशमा कति भए संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।

कुल संक्रमित मध्ये ७२.१ प्रतिशत संक्रमितहरु कोरोना संकक्रमण मुक्त भई डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ८७५ जना

प्रदेश २ मा ३१७६ जना

वाग्मती प्रदेश ५४३ जना

गण्डकी प्रदेशमा १३३० जना

प्रदेश ५ मा ४०६६ जना

कर्णाली प्रदेशमा १७२३ जना

सुदूरपश्चिम प्रदेशमा ३२४८ जना

नेपालमा आज (सोमवार) थप ४१८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?