काठमाडौं । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई हटाएको छ ।
दाहाललाई गत मंगलवार राजधानीको कमलादीबाट बरामद गरिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यवसायीकता प्रदर्शन गर्न नसकेको भन्दै हटाइएको हो ।
दरवारमार्गबाट हटाइएसँगै उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा सरुवा गरिएको छ ।
भने उनको ठाँउमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी रामेश्वर पौडेललाई पठाइएको छ ।
मंगलवार कमलादीमा चेक जाँचका क्रममा साढे १४ किलो चाँदी, आधाकिलो सुन बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया