काठमाडौंमा बढ्यो कोरोनाको जोखिम : एकैपटक थप  ४१ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौंमा – काठमाडौंमा थप ४१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा थपिएका २७४ जना संक्रमितमध्ये काठमाडौंमा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टुकमा गरिएको परिक्षणमा थप १३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा थप ३ जना र, स्टार अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा २ जनामा गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज (बिहीवार) थप २७४ जनामा कोरोना भाईरस ‘कोभिड १९’  संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

नेपालमा हिजो (बुधवार) २१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?