काठमाडौं । मकवानपुरमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने चालक पक्राउ परेका छन् ।
मकवानपुर भिमफेदी गाउँपालिका-२ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरी साविक गौशाला नगरपालिका-१० घर भएका राम गणेश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा खटिएको प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ८९७१ नम्बरको मारूती भ्यानलाई जाँच गर्ने क्रममा उक्त भ्यानमा सुरक्षा मापदण्ड विपरीत बढी संख्यामा मानिसहरू चढाएकोमा त्यस्तो नगर्न सम्झाई बुझाई गर्दा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेपश्चात भ्यान चालक साहलाई पक्राउ गरेको हो ।
साह उपर सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया