काठमाडौं । सेवााग्राहीसँग घुस मागेको अभियोगमा चारजना प्रहरीलाई निलम्बनमा परेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीको स्टिङ अपरेशनमा पक्राउ परेका चारजना प्रहरीलाई निलम्बन गरिएको बागमती प्रदेशका डिआइजी बसन्त कुमार लामाले जानकारी दिए ।
निलम्बीत हुनेमा ईलाका प्रहरी कार्यालय रामनगरका हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरीका जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत जवान लक्ष्मणकुमार महतो छन् ।
यात्रुको भेषमा प्रदेशबाट खटिएको विशेष टोलीले सोमबार सवारी चालकसँग घुस लिँदै गरेको अवस्थामा उनिहरुलाई पक्रेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया