करेन्ट लागेर कामदारको मृत्यु

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

जलेश्वर नपा–१ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत आज बेलुका करिब ४:३० बजे वेल्डिङ गरिरहेको क्रममा अचानक सर्ट सर्किट भई उनको शरीरमा करेन्ट प्रवाहित हुँदा उनको मृत्यु भएको हो ।

मृतक कामदार राउतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?