काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका ५ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारलाई दबाब दिन भन्दै बिना पास सिंहदरबारभित्र छिर्न लागेपछि उनीहरुलाई दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु पाँचै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।
उनीहरुले पीसीआर परीक्षणको दायरा बढाइनु पर्ने, आरडीटी परीक्षण बन्द गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्नेलगायतका विभिन्न माग राख्दै इनफ इज इनफ अभियानले अनसनसहित आन्दोलन गर्दै आएका छन् ।
- फाइल फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया