कालिकोटमा पहिरो: ८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोमा परी कालीकोटको नरहनीनाथ गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ ।

नरहनीनाथ वडा नं ७ मा मंगलवार राति गएको पहिरोमा परि ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पहिरोमा पुरिएर ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै नरहनीनाथ गाउँपालिकाकै वडा नं ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मना बुढाको मृत्यु भएको छ । भने बाले बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?