काठमाडौं । काठमाडौं प्रहरी प्रधान कार्यालय नक्शालका ३५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत आईतवार चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुमा गरिएको स्वाब परीक्षणमा मंगलवार एकैपटक २७ जना प्रहरीमा र बुधवार विहान ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता निरज कुमार शाहीले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा ड्राइभर र मेकानिक्सहरु रहेका छन् । उनीहरु सबैको बलम्बुस्थित एपिएफ अस्पतालमा उपचार भईरहेको छ ।
मुख्यालयमा कसरी संक्रमण फैलियो भन्ने बारेमा अहिलेसम्म पत्ता नलागेको उनले बताए ।
प्रवक्ता शाहीका अनुसार शुरूमा केही कर्मचारीलाई ज्वरोको लक्षण देखिएपछि परीक्षण गराउन पठाउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया