आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । रुकुम (पूर्व),मा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुथा उत्तरगंगा गाउँपालिका-१० बाछीगाउँ बस्ने ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले घरमा सुतिरहेकी बालिका छोरीलाई शनिबार राति जबरजस्ती करणी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?