काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६० हजार २ सय ५१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६७ लाख ७७ हजार ७ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ३ लाख ३२ हजार १ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ६ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५१ हजार ५ सय ८४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २३ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४४ लाख ५६ हजार ८ सय ७८ पुगेको छ । हालसम्म २१ लाख ५१ हजार ८ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार १ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १२ हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २४ लाख ५५ हजार ९ सय ५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८८ हजार १७ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १६ लाख ६७ हजार ६ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३८ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार २ सय २४ पुगेको छ । बितेको २४ घण्टामा ४९ हजार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १५ लाख १३ हजार ७ सय ८३ पुगेको छ । हालसम्म ९ लाख ८८ हजार ५ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ७६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ९५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ३ सय ९५ जनामा कोरोना पुष्टि भएको र १ सय ५० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख २३ सय ५ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख १२ हजार २ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६७ पुगेको छ । हालसम्म ४ लाख ५२ हजार ५ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा १८ हजार ४ सय १८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ८९ हजार ७ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ७२ हजार ५ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ४ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ९५ हजार ४ सय ८९ पुगेको छ । हालसम्म कोरोनाको कारण ४४ हजार २२ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ३ सय ४२ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ५६ हजार ७ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ९ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ४० पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ४९ हजार ८ सय पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख २२ हजार ३ सय ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ५ सय २९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय ३६ पुगेको छ । हालसम्म ३ लाख २७ हजार ६ सय ९० जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा २ जनाको कोरोनाको कारण ज्यान गएको छ र १ हजार ८ सय २८ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया