कुन प्रदेशमा कति छन् सक्रिय कोरोना संक्रमित ? (सूचिसहित)

काठमाडौं । हाल नेपालमा ५ हजार १ सय ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा १ हजार ९ सय २२ जना र सबैभन्दा कम प्रदेश नं १ मा २ सय १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति छन् एक्भिट केस ?

प्रदेश नं १ मा २ सय १७ जना

प्रदेश नं २ मा १ हजार ९ सय २२ जना

बाग्मती प्रदेशमा ४ सय ६१ जना

गण्डकी प्रदेशमा २ सय ६० जना

प्रदेश नं ५ मा ५ सय ९९ जना

कर्णाली प्रदेशमा ३ सय ७९ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय १ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?