कोरोनाको कारण ६५ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नं ३ स्थित ६५ वर्षीय पुरुष रहेका छन् ।

उनको गत साउन ९ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनमा दम रोग रहेको थियो । उनी गत असार २४ गते भारतको बेङ्गलोरबाट असार २४ गते नेपाल फर्किएका थिए ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?