वाणगङ्गा उत्कृष्ट नगरपालिका

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार हात पारेको छ । नगरपालिकाले गरेका विभिन्न कार्यमध्ये आर्थिक वर्ष २०७५÷७६ मा सुशासन क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका सङ्घले नगरलाई नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।

विभिन्न सूचकको मूल्याङ्कनबाट सङ्घले नगरलाई सो पुरस्कार दिएको हो । सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्याललाई सो पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।

वाणगङ्गा नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारुले सबैको सहयोगमा नगरपालिका उत्कृष्ट भएको र अझ धेरै गर्न बाँकी रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?