बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी मातातिर्थबाट पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज काठमाडौंले बैंकिङ मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट थानापति घर भइ हाल ललितपुर महानगरपालिका वडा नं १४ तिखिदेवल बस्ने ४३ वर्षीय पारस लोहनी रहेका छन् ।

बैंकिङ कसुर मुद्धामा आकाश लामिछानेले दिएको जाहेरीका आधारमा उनलाई २०७६ बैशाख २९ गते उच्च अदालत पाटनले २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । सजाय सुनाएपछि फरार उनलाई सोमवार (हिजो) मातातिर्थमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लोहनीले आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी जाहेरवाला आकाश लोहनीसमेत अन्य दुई जनालाई झुक्याई विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटेर दिएका थिए । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुर ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुरमा दफा १५ (१) बमोजिम सजाय हुनेगरी फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?