१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका-२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई गत असार १३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने महानगरीय प्रहरी बृत्त सातदोबाटोमा शुक्रबार जानकारी प्राप्त भएपछि प्रहरीले ललितपुर एकान्तकुनाबाट कार्कीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?