यस्तो छ हालसम्म कोरोना संक्रमण मुक्त हुनेहरुको प्रादेशीक विवरण

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको छ ।

नेपालमा आज थप १ सय ७ जनामा कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमित मध्ये हालसम्म ७०.४६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १                    –         ७७२ जना
प्रदेश २                    –         २८८० जना
वाग्मती प्रदेश            –        ४५८
गण्डकी प्रदेश            –        ११०२ जना
प्रदेश ५                    –         ३८७० जना
कर्णाली प्रदेश              –      १५८३ जना
सुदूरपश्चिम प्रदेश         –      २२८२ जना

त्यस्तै, नेपालमा आज (शुक्रवार) थप १३३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?