तोकिएको समयमा नै महाधिवेशन गर्न माग राख्दै चन्द्र ढकालले गरे पत्रकार सम्मेलन

काठमाडौं । तोकिएको समयमा नै नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशन सुनिस्चित गर्न माग राख्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले पत्रकार सम्मेलन गरेका छन् ।

आगामी साउन २६ र २७ गते काठमाडौंमा गर्ने भनिएको अधिवेशन बिहीवार स्थगित भएको थियो ।

गत बुधवारदेखि सरकारले लकडाउन खुलाएपनि सभा सम्मेलन तथा भोजभतेर गर्न नपाइने भन्ने सरकारको निर्णयसँगै बिहीवार महासंघको ५४ औँ अधिवेशन स्थगित गरिएको थियो ।

बिहीवार महासंघकी अध्यक्ष भवानी राणाले पूर्व अध्यक्ष एवम् पदाधिकारीहरुलाई बोलाई स्थगित गरिएको घोषणा गरेकी थिइन् । तोकिएको मितिमा नै महाधिवेशन गराई कोरोनाले क्षति पुर्याएको निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने माग राख्दै पत्रकार सम्मेलन गरिएको महासंघका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए ।

महासंघको साधारण सभा पूर्व सार्वजनिक यातायात तथा हवाई उडानहरु समेत सहज नभएकाले जिल्लाबाट आउने साथीहरुको सुविधा र सरकारको निर्णयलाई ध्यानमा राखेर तत्कालका लागि यस्तो निर्णय गरिएको राणाले बैठकमा बताएकी थिइन् ।

महासंघको आगामी महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुँदैछन् । भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल लढ्दैछन् ।

पत्रकार सम्मेलनमा महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार तथा जिल्ला नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?