नुवाकोटको दुईपिपलमा पहिरो: ३ घर बगायो, २२ पशु चौपाया बेपत्ता

नुवाकोट । अविरल वर्षाका कारण गएको पहिरोले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ६ स्थित दुईपिपल डबलीमा क्षती पर्‍याएको छ ।

पहिरोका कारण कुनै मानवीय क्षति नभएपनि घरहरु पूर्णक्षती हुनुका साथै पशु चौपाया र अन्नपात पुरेको त्यहाँका स्थानीय रामप्रसाद नेपालले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार पहिलो बिहान ९ बजेतिर गएको हो । पहिरोमा स्थानीय तुलसीलाल श्रेष्ठ तथा वीरबल श्रेष्ठ र अन्य १ को घर पूर्णरुमा क्षति भएको छ । जसमा १८ वटा बाख्रा, १ वटा रांगो र ३ वटा भैँसी पुरिएका छन् । भने घरमा भएको अन्नपात सबै पुरिएको स्थानीय नेपालले बताए ।

हाल स्थानीय प्रहरी र रेडक्रसले उद्धार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?