काठमाडौं । बाँकेमा निरन्तर परेको अविरल वर्षाका कारण आएको बाढीले बस्तीमा पार्नसक्ने जोखिम कम गर्न नेपाली सेनाले तटबन्द निर्माण गरेको छ । बाँकेको कोहलपुर नगरपालिका १२ स्थित रोहिणी खोलामा आएको बाढीका कारण बस्ती जोखिममा परेको थियो ।

सोमवार जिल्लाको श्री भैरव प्रसाद गणका सहसेनानी विक्रम चौधरीको कमाण्डमा गएको टोलीले तीन हजार बोरा बालुवा बोरामा प्याक गरि २५ मिटर लामो र ३ मिटर चौडाई पानीले कटान गरेको उक्त क्षेत्रमा तटबन्ध निर्माण गरेको हो ।
तटबन्द निर्माणमा भैरव गणबाट खटिएका ३५ जना, सशस्त्र प्रहरी १५ जना र करिब ३५ जना स्थानीय बासिन्दाहरुको समेत सहभागिता रहेको थियो ।
https://www.facebook.com/pudasainiprakash1997/videos/730983837716330/?t=0
तटबन्ध निर्माणप्रश्चात ६ वटा घरहरु क्षती हुनबाट जोगिएको छ । त्यहाँको बस्ती जोखिममा परेपछि जिल्ला व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवम् बाँके जिल्ला प्रमुख रामबहादुर कुरुम्बाङ्गको नेतृत्वमा गणका प्रमुख सेनानी नकुल थापा तथा अन्य सुरक्षा निकायका प्रमुख र त्यहाँको स्थानीय जनप्रतिनिधिले प्रभावित क्षेत्रको अनुगमन समेत गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया