पहिराले पुरेर दुई महिला बेपत्ता

दमौली । तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?