वाग्मती प्रदेश प्रमुखद्वारा देवघाटधामको अवलोकन

लोकपथ संवाददाता
0
Shares
emf]n’ªu]k’n e/tk’/, % ;fpgM kljq tLy{:yn b]j3f6wfdl:yt emf]n’ªu]k’n . aGbfaGbLsf sf/0f o;jif{ b]j3f6df af]nad d]nf ug{ /f]s nufPkl5 eQmhgsf] ;ªVof Go”g 5 . t:jL/M s[i0f cfrfo{÷/f;;

भरतपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले देवघाटधाम क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । आज उनले त्रिशूली र कालीगण्डकीको वेणी सङ्गममा स्नान गर्नाका साथै विभिन्न क्षेत्रको अवलोकन गरे ।

सो अवसरमा उनले धार्मिक पर्यटकीय दृष्टिकोणले देवघाटधाम निकै महत्वपूर्ण तीर्थस्थल भएको बताए। देवताले तपस्या गरेको स्थलका रुपमा रहेको देवघाट प्रदेशको गहना भएको उनको भनाइ थियो । देवघाटको विकासमा सबैले आ-आफ्ना क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

देवघाटको विकासका लागि आफूले मुख्यमन्त्री र अन्य मन्त्रीसँग कुरा गर्ने उनले आश्वासन दिए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले प्रदेश प्रमुखलाई देवघाटधामका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?