काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६ हजार ७ सय ६० जनाको ज्यान गएको छ ।
हालसम्म विश्वभरका १ करोड ४५ लाख ३० हजार ३ सय ९५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८६ लाख ७० हजार २ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४३ हजार ५१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३८ लाख ६० हजार २ सय ८२ पुगेको छ ।
हालसम्म १७ लाख ७६ हजार ४ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ६ सय ६३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया