काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
राईले ती बालिकालाई नागर्जुन नगरपालिका-१० खड्का गाउँस्थित आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि ललाई फकाई शुक्रबार राति जबरजस्ती करणी गरेको भनेपछि ललितपुर सातदोबाटोमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, ओखलढुङगा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-६ बस्ने २३ वर्षीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । २०७६ फागुन २२ गते राति पुजनले ती महिलालाई डर घम्की देखाई जबरजस्ती करणी गरेपछि प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया