गल्याङद्वारा पशुपालनका लागि एक करोड अनुदान

काठमाडौं । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा एक करोड अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनानुसार नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रतिलिटर १५ का दरले ४८ लाख र गाईभैँसीका लागि ७५ लाख अनुदानस्वरुप वितरण गरिएको छ ।

पशु शाखा प्रमुख सुशील अर्यालले चार सयभन्दा बढी घर परिवारले दूधमा प्रतिलिटर रु १५ का दरले अनुदान पाएको जानकारी दिए । यसैगरी पशुधन बीमा कार्यक्रमअन्तर्गत दुई हजार तीन सय परिवार लाभान्वित भएको र १० लाख अनुदानस्वरुप वितरण गरिएको छ । बङ्गुरपालन, बाख्रापालन, घाँस खेती, दूध सङ्कलनका साथै क्षमता विस्तारका लागिसमेत अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?