काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।
बितेको २४ घण्टामा थप १०३ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार कुल संक्रमितमध्ये ६६. १२ प्रतिशत कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कुन प्रदेशमा कति भए संक्रमणमुक्त ?
प्रदेश १ – ७४९ जना
प्रदेश २ – २६३३ जना
वाग्मती प्रदेश – ४३२
गण्डकी प्रदेश – ९४६ जना
प्रदेश ५ – ३७१५ जना
कर्णाली प्रदेश – १४९२ जना
सुदूरपश्चिम प्रदेश – १६७० जना
नेपालमा आज (शनिवार) थप ५७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज मोरङका ९ जना, तेर्हथुम २ जना, ईलामका १ जना, झापाका १ जना, बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जना, डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना भाईरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया