काठमाडौं । नेपालको ७७ जिल्लामध्ये अहिले ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
- भोजपुर
- मुस्ताङ
- हुम्ला
- मनाङ
- पाँचथर
- रसुवा
नेपालमा आज (शनिवार) थप ५७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज मोरङका ९ जना, तेर्हथुम २ जना, ईलामका १ जना, झापाका १ जना, बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जना, डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया