काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ९५ हजार १ सय ५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४० लाख ६६ हजार ७ सय ३९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८३ लाख ७६ हजार ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४१ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३० हजार ८ सय जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३७ लाख २५ हजार ८ सय २५ पुगेको छ । हालसम्म १६ लाख ९४ हजार ३ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २० लाख २१ हजार ८ सय ३४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७६ हजार ९ सय ९७ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १३ लाख ६६ हजार ७ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७५ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ७३ पुगेको छ । बितेको २४ घण्टामा ३१ हजार ६ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १० लाख ३७ हजार २ सय ३ पुगेको छ । हालसम्म ६ लाख २५ हजार ५ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ६४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार १ सय २३ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ४ सय ६ जनामा कोरोना पुष्टि भएको र १ सय ८६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ५९ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ३९ हजार ९ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १२ हजार ६ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख ४१ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ३० हजार ९ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ९० पुगेको छ । चिलिमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै बितेको २४ घण्टामा २ हजार ८ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म चिलिमा ३ लाख २६ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ र संक्रमितमध्ये २ लाख ९६ हजार ८ सय १४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ८ सय २१ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ । हालसम्म ३ लाख २४ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ४ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख २४ हजार ४१ पुगेको छ । हालसम्म कोरोनाको कारण ३७ हजार ५ सय ७४ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ सय ६८ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख ३ हजार ४ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय २० पुगेको छ । हालसम्म ३ लाख ७ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा १४ सय जनामा कोरोना संक्रमण देखिएको र ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ । हालसम्म ३ लाख २४ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया