घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति छन् ? (विवरणसहित)

काठमाडौं । नेपालमा हाल २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । क्वारेन्टाइनमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ४५ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । जहाँ कर्णाली प्रदेशमा १ हजार ७ सय १३ जना रहेका छन् ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा २ हजार ७ सय २७ जना

प्रदेश नं २ मा २ हजार ७ सय ५१ जना

बाग्मती प्रदेशमा १ हजार ८ सय २४ जना

गण्डकी प्रदेशमा ३ हजार ६ सय ९९ जना

प्रदेश नं ५ मा ३ हजार ४ सय ९७ जना

कर्णाली प्रदेशमा १ हजार ७ सय १३ जना

सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ४५ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?