फुल्पिङकट्टी पहिरोको मार : फेरी थपिएपछि त्रास

काठमाडौं – भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीयबासी बुद्धि गुरुङले राति फेरी पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए ।

पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए ।

ती मध्ये दुई जनाको शव फेला परेको छ । सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाई छ । रासस

यो पनि पढ्नुहोस् : 

बाढी पहिरो कहर : कुन जिल्लामा कति छन् मृतक, घाइते र बेपत्ता ? (पूर्ण विवरणसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?