मिलन चक्रेको एसम्यानलाई प्रहरीको गोली, घोइतेको अवस्था गम्भिर

काठमाण्डौं, ६असोज । राजधानीको पेप्सीकोला स्थित मनोहरा पुलमा गोली चलेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गुण्डा अप्रेशनमा गोली लागि एकजना घाईते भएका छन । अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश लोहनीले बताए । प्रहरीको गोली लागि रामेश्वर गौतम नामका एक व्यक्ति घाईते भएका छन । उनी गुण्डा नाईके चक्रे मिलनका निकट सहयोगी हुन । घाईते गौतमको दायाँ खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएको छ । उनीहरुलाई नियन्त्रणमा लिन ३ राउण्ड फायर गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले गुण्डा अप्रेशनलाई तिव्र बनाएको छ । प्रहरीले उनीमाथि तीन राउन्ड गोली चलाएको थियो। तर, एक गाोलीमात्र लागेको थियो।गौतमलाई दाहिने गोडामा गोली लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?