काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन । ‘डिस्चार्ज भएर गएका कसैलाई पनि पुनः कोरोना संक्रमण देखिएको छैन ।’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको भनाइ पनि यस्तै छ ।
‘संक्रमितमध्ये डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन,’ डा. पुन भन्छन् । संक्रमणपछि उपचार पाएर डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः संक्रमणले छुन्छ कि छुँदैन ? यसमा भने विज्ञहरुको मत बाझिएको छ । एकथरी विज्ञहरु एकपटक संक्रमित भएर गइसकेपछि शरीरमा एन्टिबडी बन्छ र ढुक्क भएर काम गर्न सक्ने बताउँछन् । केही विज्ञले भने संक्रमण भएको व्यक्तिमा भएको एन्टिबडीले पूर्ण रुपमा काम नगर्न पनि सक्छ भनेर सावधानी अपनाउन सुझाव दिएको देखिन्छ ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया