काठमाडौं । विभिन्न ठाँउमा एकै दिन पाँच जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ललितपुर, ललितपुर महानगरपालिका-६ सौगोल बस्ने ५५ वर्षीय राजेन्द्र श्रेष्ठ आफ्नै घरमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, बारा, परवानीपुर गाउँपालिका-२ मुसरीटोलस्थित कृष्णलाल साहको धान खेतमा सोही ठाउँ बस्ने २८ वर्षीय राधेश्याम साह बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
साथै, कास्की, मादी गाउँपालिका-११ मौरीखोला मुखिया खोरमा सोही गाउँपालिका-१० मकै खोला बस्ने १७ वर्षीया कोपिला परियार बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, २० र २२ दिन अघिदेखि हराएकी उनी मृत फेला परेकी हुन् । सुर्खेत, चौकुने गाउँपालिका-९ घाटगाँउस्थित भेरी नदीको किनारामा हाल नाम, थर,
वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको शव बिहीबार दिउँसो फेला परेको छ ।
रामेछाप, मन्थली नगरपालिका-६ स्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव बिहीबार साँझ फेला परेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया